भक्तपुर नपामा नेमकिपाको अग्रता कायमै
भक्तपुर २ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै रहेको छ । भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले २ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ८ सय ८७ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले ५ सय ७६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले २ हजार ५ सय ५६, काँग्रेसकी गंगालक्ष्मी अवालले ८ सय ७८ र एमालेकी कृष्णमाया त्वानाबासुले ६ सय २९ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं. १ को वडा अध्यक्ष नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलले विजयी हासिल गरेको छ । अहिले वडा नं. २ को मत गणना जारी रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२