मध्यपुर थिमि नपामा काँग्रेसको अग्रता कायमै

भक्तपुर न्यूज

२ जेठ २०७४ ३:२३

मध्यपुर थिमि नपामा काँग्रेसको अग्रता कायमै

भक्तपुर २ जेठ । मध्यपुर थिमि नगरपालिकामा काँग्रेसको अग्रता कायम नै छ । मध्यपुर थिमि नगरपालिकामा अहिलेसम्म २ हजार १ मत गणना गरिएको छ । जसमा काँग्रेसका मेयर उम्मेदवार अष्ट कवेंले १ हजार ६१ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी एमालेका मदनसुन्दर श्रेष्ठले ७ सय ७९ मत पाएका छन् । माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले ४१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा काँग्रेसकी अन्जना मधिकर्मीले ९ सय ७३, नेमकिपाका केदार खड्काले ५ सय ३१ र माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले ६० मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं १ को वडा अध्यक्षमा पनि काँग्रेसले नै अग्रता लिएको छ । काँग्रेसका सुरज खड्काले ९ सय ४२, एमालेका अष्ट कुमार कवेंले ८ सय ७१ र माओवादी केन्द्रका श्यामकृष्ण डंगोलले ५३ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *