बाँकेमा मलामी गएका दुई युवाको राप्ती नदीमा डुबेर मृत्यु

भक्तपुर न्यूज

२६ जेठ २०७९ १२:०२

बाँकेमा मलामी गएका दुई युवाको राप्ती नदीमा डुबेर मृत्यु

बाँके । बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । हुम्ला सिमिकोट–८ घर भइ अहिले नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिवल शाही र लेकराज छन्तेल आज बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उहाँका अनुसार बुधवार घरबेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि हिजो बेलुका खोजतलास गर्दा नदीको छेउमा दुई जोर कपडा र एक थान मोबाइल फेला परेको थियो । उनीहरु पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका आशङ्का गरिएको छ ।

बिहीवार बिहानै खोजतलासमा खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका–४ मा रहेको सिधनियाघाट राप्ती नदीमा उनीहरूको शव फेला पारेको हो । हुम्लाबाट अध्ययनका लागि नेपालगञ्ज आएका उनीहरूले यसै वर्ष यहाँको धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएका थिए ।

प्रकाशित मितिः २०७९ जेठ २६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय