सूर्यबिनायकमा एमालेको अग्रता कायमै
भक्तपुर २ जेठ । सूर्यबिनायक नगरपालिकामा एमालेको अग्रता कायम नै छ । सूर्यबिनायक नगरपालिकामा अहिलेसम्म ३ हजार मत गणना गणना गरिएको छ । जस अनुसार एमालेका मेयर उम्मेदवार बासुदेव थापाले १ हजार २ सय २७ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका बिष्णुराज कार्कीले ९ सय ४६ मत पाएका छन् । राप्रपाका प्रवीण ढुंगेलले ३ सय ३३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा एमालेकी जुना बस्नेतले १ हजार ३ सय १४, काँग्रेसकी कल्पना राजथलाले ७ सय ७८ र राप्रपाकी जयन्ती महतले ४ सय ४१ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं. १ को वडा अध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेका सानुकाजी कायष्ठले १ हजार २ सय ७४, काँग्रेसका मनोज कुमार कार्कीले ६ सय ८१ र राप्रपाका भुपेन्द्र राज राउतले ६ सय १ मत पाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२