भक्तपुर नपामा नेमकिपाको अग्रता कायमै
भक्तपुर १ जेठ । भक्तपुर नगरपालिकाकमा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै रहेको छ । भक्तपुर नगरपालिकामा अहिलेसम्म २ हजार ५ सय मत गणना गरिएको छ । जसमा नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले १ हजार ३ सय १ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ४ सय १७ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले ३ सय २९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले १ हजार ३ सय १०, काँग्रेसकी गंगालक्ष्मी अवालले २ सय ९९ र एमालेकी कृष्णमाया त्वानाबासुले ३ सय ३८ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं. १ को वडा अध्यक्षमा पनि नेमकिपाले नै अग्रता लिएको छ । नेमकिपाका उम्मेदवारले १ हजार १ सय ५९, काँग्रेसले ३ सय ८५ र राप्रपाले ३ सय १६ मत पाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२