मध्यपुर थिमि नपामा काँग्रेसको अग्रता कायमै

भक्तपुर न्यूज

१ जेठ २०७४ १५:३४

मध्यपुर थिमि नपामा काँग्रेसको अग्रता कायमै

भक्तपुर १ जेठ । मध्यपुर थिमि नगरपालिकाकमा काँग्रेसको अग्रता कायम नै छ । मध्यपुर थिमि नगरपालिकामा अहिलेसम्म ६ सय ५० मत गणना गरिएको छ । जसमा काँग्रेसका मेयर उम्मेदवार अष्ट कवेंले ३ सय ४२ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी एमालेका मदनसुन्दर श्रेष्ठले २ सय ४९ मत पाएका छन् । माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले १२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा काँग्रेसकी अन्जना मधिकर्मीले ३ सय १९, नेमकिपाका केदार खड्काले १ सय ८० र माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले १८ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं. १ को वडा अध्यक्षमा पनि काँग्रेसले नै अग्रता लिएको छ । काँग्रेसका उम्मेदवारले ३ सय, एमालेले २ सय ७७ र माओवादी केन्द्रले १४ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *