कास्कीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एकजना गम्भीर घाइते

भक्तपुर न्यूज

२४ जेठ २०७९ ९:३४

कास्कीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एकजना गम्भीर घाइते

पोखरा । कास्कीको पोखराको महानगरपालिका–२५ हेम्जामा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार राति कास्कीकै नौडाँडाबाट पोखराका लागि छुटेको ग १० प ७६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो।

यस्तै गम्भीर घाइते भएका ३५ वर्षीय दिलीप कुँवरको मणिपाल अस्पतालमै उपचार भइरहेको छ। मोटरसाइकलमा सवार २ जनामध्ये चालक को हुन् भन्ने खुल्न नसक्दा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ।

प्रकाशित मितिः २०७९ जेठ २४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय