जुम्लाका २ गाउँपालिकामा माओवादी विजयी

भक्तपुर न्यूज

२ जेठ २०७४ २:१६

जुम्लाका २ गाउँपालिकामा माओवादी विजयी

काठमाडौं, २ जेठ । जुम्लाको दुई गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । हिमा र गुठिचौर गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको हो ।

हिमा गाउँपालिका अध्यक्ष पदमा माओवादीका राजबहादुर शाही र उपाध्यक्ष पदमा माओवादीकै हिमाली रोकाय विजयी भएका हुन् । शाहीले १३१७ र रोकायले १३२७ मत पाएका छन् ।

त्यस्तै गुठिचौर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले एक हजार ५९६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा पनि माओवादी केन्द्रकै जानदेवी ऐडी एक हजार ५८५ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *