भारतमा एकदिनमा थपिए चार हजारभन्दा बढी कोरोना सङ्क्रमित

भक्तपुर न्यूज

२३ जेठ २०७९ ८:१४

भारतमा एकदिनमा थपिए चार हजारभन्दा बढी कोरोना सङ्क्रमित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोनाका ४ हजार ५ सय १८ जना नयाँ संक्रमित भेटिएका छन् । यतिबेला ९ जना कोरोना संक्रमितको मृत्यु पनि भएको छ । स्वास्थ्य मन्त्रालयको ताजा आँकडाका अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमित बढेर २५ हजार ७८२ पुगेको छ ।

आइतबार यो आँकडा २४ हजार ५२ थियो । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ३२ लाख ८१ हजार पुगेको छ । यस्तै, यो संक्रमणका कारण कुल ५ लाख २४ हजार ७०१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः २०७९ जेठ २३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय