हिजो घटेको सुनचाँदीको मूल्य आज बढ्यो, तोलाको कति ?

भक्तपुर न्यूज

२३ जेठ २०७९ ६:३६

हिजो घटेको सुनचाँदीको मूल्य आज बढ्यो, तोलाको कति ?

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो आइतबार प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य हिजो आइतबारको तुलनामा प्रतितोला २०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ६०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रकाशित मितिः २०७९ जेठ २३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय