भक्तपुरका तीन नपामा तीन पार्टीको अग्रता
भक्तपुर, १ जेठ । भक्तपुरमा तीन नगरपालिकामा तीन पार्टीले अग्रता लिएको छ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी, मध्यपुर थिमि नगरपालिकामा नेपाली काँग्रेस र सूर्यबिनायक नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
भक्तपुरमा ७०० मत गन्दासम्म नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले ३५८ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले १४० मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले ९७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, सूर्यविनायक नगरपालिकामा ८०० मत गन्दासम्म एमालेका बासुदेव थापाले ३२१ र कांग्रेसका बिष्णुराज कार्कीले २५४ मत पाएका छन् । त्यस्तै राप्रपाका प्रविण ढुंगेलले भने १३७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिकामा ३०० मत गन्दासम्म काँग्रेसका अष्ट कवेंले १६३ र एमालेका मदन सुन्दर श्रेष्ठले १०६ मत पाएका छन् । त्यस्तै माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले भने ९ मत प्राप्त गरेका छन् ।
यद्दपि चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना सुरु हुन सकेको छैन । २२ वटा मतपत्र विषयमा के गर्ने भन्ने बारे निर्वाचन आयोगले ठोस जवाफ अझै नदिँदा चाँगुनारायण नपाको मतगणना सुरु भएको छैन ।