सेयर बजारको सम्बोधन नभए असार १ गतेबाट लगानीकर्ता अनसन बस्ने

भक्तपुर न्यूज

२२ जेठ २०७९ ८:११

सेयर बजारको सम्बोधन नभए असार १ गतेबाट लगानीकर्ता अनसन बस्ने

काठमाडौं । हालै संसदमा प्रस्तुत आव ०७९/८० को बजेटले सम्बोधन नगरेपछि सेयर बजार निरन्तररुपमा आरालो लाग्दै गएको छ । यसै सन्दर्भमा पुँजी बजार सुधारका लागि संघर्ष समिति समेत गठन भएको छ । समितिले आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमुलक कार्यक्रम गर्ने घोषण गरेको हो । सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै सरकासँग १९ बुंदे माग राखेको छ ।

असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा समितिले गरेको छ । सो अनशनअघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम गर्ने घोषणा गरेका छन् ।काठमाडौको भृकुटीमण्डपमा हालै भएको एक सय भन्दा बढी लगानीकर्ताको भेलाले पूँजी बजार सुधार र बिस्तारका लागि दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।

लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पूँजी बजारका विज्ञसहित बृहत छलफल गर्ने कार्यक्रम रहेको संयोजक कोइरालाले जानकारी दिए ।

प्रकाशित मितिः २०७९ जेठ २२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय