पल शाहको रिहाइ माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हाम्रो टीम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।
माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई न्याय दे, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष अधिकार सुनिश्चित गरजस्ता नारा लगाएका थिए । प्रदर्शनकारीहरूले पललाई फसाउन खोज्ने गिरोह सक्रिय भएको भन्दै उनलाई तत्काल रिहाइ गर्न माग गरे ।
प्रकाशित मितिः २०७९ जेठ २० शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
