यूएईविरुद्ध अमेरिकाको जित

भक्तपुर न्यूज

१९ जेठ २०७९ १०:१६

यूएईविरुद्ध अमेरिकाको जित

काठमाडौं । घरेलु टोली अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा युएईलाई ४ विकेटले पराजित गरेको छ । अमेरिका, स्कटल्यान्ड र युएईबीच भई रहेको त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाले दुई महत्वपूर्ण अंक बटुलेको हो ।

जितको लागि २ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा सुशान्त मोदानीले १ सय २ बलमा ६ चौकासहित ७० रन जोड्दै प्लेयर अफ द म्याच चुनिए । कप्तान मोनाक पटेल ४९, गजानन्द सिंह २९ र स्टिभन टेलरले १४ रन बनाए ।

युएईका कप्तान अहमद राजाले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । बासिल हामिद, अकिफ राजा र राहुल भाटियाले १–१ विकेट लिए । त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । युएईका सिपी रिजवानले ९३ बलमा ५ चौकासहित ६७ रनको इनिङ खेले । चिराग सुरी २३, वृत्य अरविन्द १९ र बासिल हामिद ३२ रनमा आउट भए । कासिफ दाउद र राहुल भाटियाले २४–२४ रन बनाए ।

अमेरिका अलि खान र क्यामरन स्टिभन्सनले २–२ विकेट लिए । अमेरिकाले शनिबार युएईसँगनै खेल्नेछ । यो सिरिजपछि नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक ओडिआई सिरिज सुरुहुनेछ । नेपाल अमेरिका पुगि सकेको छ ।

अमेरिका १९ खेलमा ९ मा जित र १० मा हार सहित चौथो स्थानमा छ । युएई २० खेलमा १० मा जित र ८ मा हार सहित तेस्रो स्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ ।

प्रकाशित मितिः २०७९ जेठ १९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय