श्रीमतीका लागि औषधि लिन हिँडेका साहको इनारभित्र शव फेला

भक्तपुर न्यूज

१९ जेठ २०७९ ९:५४

श्रीमतीका लागि औषधि लिन हिँडेका साहको इनारभित्र शव फेला

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव बिहीवार बिहान इनारभित्र फेला परेको छ ।पत्नीका लागि औषधि लिन जाने क्रममा बुधवार साँझबाट हराएका ४८ वर्षीय साहको शव बिहीवार बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो ।

‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । मृतकका परिवारजनले हत्या गरी इनारमा फालिएको दाबी गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन् ।

प्रकाशित मितिः २०७९ जेठ १९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय