रणवीर र आलियाको सुपर-पावर फिल्म ‘ब्रह्मास्त्र’को टिजर सार्वजनिक

भक्तपुर न्यूज

१८ जेठ २०७९ ८:२४

रणवीर र आलियाको सुपर-पावर फिल्म ‘ब्रह्मास्त्र’को टिजर सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र भाग एक: शिव’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा रणवीर कपूर, अलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मोनी रोयलाई देखाइएको छ।

टिजरको ब्याकग्राउन्ड साउन्डमा ‘अब खेल सुरु’ भन्ने संवाद सुन्न सकिन्छ।फिल्ममा रणवीरसँग एक सुपर पावर हुनेछ। अमिताभ बच्चन ब्रह्मा र नागार्जुन भगवान विष्णुको भूमिकामा देखिनेछन्।

आयान मुखर्जीद्वारा निर्देशित फिल्म ‘ब्रह्मास्त्र’को करिब पाँच सय करोड रूपैयाँ बढी लगानी रहेको बताइएको छ। बलिउड हंगामाका अनुसार यो फिल्म तीन सय करोड भारूमा बन्ने भएको हो। योसँगै ब्रह्मास्त्र भारतमा अहिलेसम्मकै सबभन्दा धेरै लगानीमा बन्ने फिल्म बनेको छ।

‘ब्रह्मास्त्र’ले प्रदर्शन हुनुभन्दा अगाडि नै कीर्तिमान राखेको छ। यो फिल्म वाल्ट डिज्नी स्टुडिओ पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा परेको छ। यस सूचीमा पहिलो पटक भारतीय फिल्म परेको हो। ग्लोबल रिलिज क्यालेन्डरमा परेसँगै फिल्म आउँदो सेप्टेम्बर ९ तारिखमा विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

फक्स स्टार स्टुडिओ र धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम गरी पाँच भाषामा प्रदर्शन हुनेछ। फक्स स्टार स्टुडिओमा वाल्ट डिज्नी स्टुडिओ मोशन पिक्चर्सको सहकार्य रहेको छ।

https://youtu.be/4sILTxvKfxk

प्रकाशित मितिः २०७९ जेठ १८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय