तारा एयरको विमान दुर्घटनाप्रति प्रधानमन्त्री देउवाले गरे दुःख व्यक्त

भक्तपुर न्यूज

१६ जेठ २०७९ ११:२४

तारा एयरको विमान दुर्घटनाप्रति प्रधानमन्त्री देउवाले गरे दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तारा एयरको विमान दुर्घटनाले दुःख व्यक्त गरेको छन् । प्रधानमन्त्री देउवाले पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दुखी बनाएको बताए ।

दुर्घटनामा जीवन गुमाउने विमान चालक दलका सदस्य र यात्रुहरूप्रति देउवाले ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् । उनले शोक सन्तप्त परिवारजनमा पनि समवेदना व्यक्त गरे । चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

प्रकाशित मितिः २०७९ जेठ १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय