ओलीद्वारा सरकारको कडा आलोचना
भक्तपुर ३१ बैशाख । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधी विकास निर्माणका साथै देशको समृद्धिका लागि जनताप्रति उत्तरदायि हुनुपर्ने बताएका छन् ।
सुर्यविनायक नगरपालिका वडा नंम्बर २ स्थित महेन्द्र शान्ति मा वि बालकोटमा रहेको मतदान केन्द्रमा मतदान गरिसकेपछि अध्यक्ष ओलीले सञ्चारकर्मीको जिज्ञासामा यस्ता बताएका हुन् ।
उनले सरकारले देशका विभिन्न स्थानमा बल प्रयोग गरी मतदाता र उम्मेदवारलाई मतदान केन्द्रमा जान नदिएको भन्दै सरकारकोकडा आलोचना समेत गरेका छन् ।
स्थानीय तहको आजको निार्वचन स्थिरता र स्थायीत्वको लागि महत्वपूर्ण भएकोले युवापिढी निराशा होईन आशावादी हुनुपर्ने उनको भनाई थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२