दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

भक्तपुर न्यूज

१२ जेठ २०७९ ०:४७

दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

दैलेख । दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

कालीकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ९ जनाको दैलेखमा सामान्य उपचार भइरहेको र अन्य ३८ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दिएको जानकारी अनुसार सुर्खेत पठाइएका पाँच जनाको अवस्था भने गम्भीर रहेको छ । बसमा कति सवार थिए भन्ने एकिन तथ्याङ्क छैन । यद्यपि बस दुर्घटनाको कारण खुलिसकेको छैन ।

प्रकाशित मितिः २०७९ जेठ १२ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय