ईपीएललगायत अन्य फ्रेन्चाइज लिगलाई मान्यता नदिने क्यानको निर्णय

भक्तपुर न्यूज

११ जेठ २०७९ ७:२४

ईपीएललगायत अन्य फ्रेन्चाइज लिगलाई मान्यता नदिने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो आधिकारिक लिग संचालन हुने भएकाले अन्य कुनैपनि लिगलाई राष्ट्रिय मान्यता नदिने बताएको छ । क्यानको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

क्यानले भनेको छ- नेपालमा हालसम्म संचालनमा रहेका अन्य फ्रेन्चाइजी लिघरुले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै आधिकारिक लिग संचालन हुने भएकाले अन्य कुनै पनि लिघरुलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रुपमा मान्यता नदिने तर क्षेत्रीय लिगको संरचनामा संचालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय गरियो ।’

त्यस्तै क्यानले टी-२० लिगको ६ टिमको नाम पनि तय गरेको छ । जसमा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्न रहेका छन् ।त्यस्तै क्यानले ग्रेडमा समावेश पुरुष र महिला खेलाडीहरुको पारिश्रमिक बढाएको छ ।

प्रकाशित मितिः २०७९ जेठ ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय