बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

भक्तपुर न्यूज

११ जेठ २०७९ ६:५७

बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । आज एक अमेरिकी डलरको बिक्रीदर १२४.४४ रुपैयाँ र खरिददर १२३.८४ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको सटही दर तोक्दै डलरको खरिद/बिक्रीदर कायम गरेको हो ।

यसैगरी एक यूरोको बिक्रीदर १३३.२९ रुपैयाँ र खरिददर १३२.६५ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्रीदर १५५.५८ रुपैयाँ र खरिददर १५४.८३ रुपैयाँ छ । यता, अष्ट्रेलियन डलरको बिक्रीदर ८८.१२ रुपैयाँ हुँदा खरिददर ८७.७० रुपैयाँ छ ।

यसैगरी, सिंगापुर डलरको बिक्रीदर ९०.५८ रुपैयाँ र खरिददर ९०.१४ रुपैयाँ छ भने १० जापानी येनको बिक्रीदर ९.७६ रुपैयाँ र खरिददर ९.७१ रुपैयाँ छ । यस्तै, चिनियाँ युवानको बिक्रीदर १८.६६ रुपैयाँ हुँदा खरिददर १८.५७ रुपैयाँ छ । यस्तै, साउदी रियालको बिक्रीदर ३३.१८ रुपैयाँ र खरिददर ३३.०२ रुपैयाँ छ भने कतारी रियालको बिक्रीदर ३४.०५ रुपैयाँ र खरिददर ३३.८८ रुपैयाँ छ ।

प्रकाशित मितिः २०७९ जेठ ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय