नेपाल भारत सिमा बन्द सेना सहित दुईहजार सुरक्षा कर्मी परिचालन

भक्तपुर न्यूज

३० वैशाख २०७४ ६:३३

नेपाल भारत सिमा बन्द सेना सहित दुईहजार सुरक्षा कर्मी परिचालन

नवलपरासी ३० वैशाख । स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द सिल गरिएको छ ।

निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघि नवलपरासीको त्रिवेणी नाका आज बिहान ७ बजेबाट सिल बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।

दुई देशका सुरक्षा निकायका प्रमुखको भारतका विहारमा भएको दुई पक्षीय सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ । पहिलो चरणमा नवलपरासीको प्रदेश नं ४ मा मात्र निर्वाचन हुँदैछ । तसर्थ प्रदेश नं ४ मा पर्ने नाका त्रिवेणी नाकालाई मात्र सिल गरिएको हो ।

स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नवलपरासीमा चार सय ७५ जना नेपाली सेनासहित करिब दुई हजार सात सय सुरक्षाकर्मी परिचालन भएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने नवलपरासी जिल्लामध्ये प्रदेश नं ४ मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलगायतका सुरक्षाकर्मी परिचालन भएका हुन् ।

जसअनुसार नेपाली सेना चार सय ७५, नेपाल प्रहरी आठ सय, सशस्त्र प्रहरी पाँच सय, नौ सयको सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो । पहिलो चरणमा नवलपरासीको प्रदेश नं ४ मा पर्ने नवलपुर क्षेत्रमा आठ वटा स्थानीय तहको निर्वाचन हुँदैछ । जसमा तीन वटा गाउँपालिका पहाडी क्षेत्रमा पर्दछन् भने चार वटा नगरपालिका र एक गाउँपालिका राजमार्ग क्षेत्रमा पर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *