लौरो चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयरमा विजयी

भक्तपुर न्यूज

८ जेठ २०७९ ६:५०

लौरो चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ धरान उपमहानगरपालिकाको  मेयरमा  विजयी

धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । ४ हजार ६ सय मत गणना बाँकी छदै उनी मेयरमा विजयी भएका हुन् ।

धरानमा ६२८९८ मत खसेको थियोे । जस मध्ये ५८२७७ मत गणना भएको छ । अब गणना गर्न ४६२१ मत बाँकी छ । निकटतम प्रतिद्वन्दी किशोर राईसँग ४१५९ मतले अगाडि छन् ।

लौरो चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १९१५५ मत पाएका छन् । साम्पाङ आफैंले पनि आफ्नो जित भएको उल्लेख गरेका छन् । अब धरानको खानेपानी र फोहोर मैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

धरान उपमहानगरको उप(प्रमुखमा माओवादी उम्मेदवार अइन्द्र विक्रम बेघाले १८८६४ र एमाले उम्मेदवार पदम ईस्वोले १६५८१ मत पाएका छन् ।

प्रकाशित मितिः २०७९ जेठ ०८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय