काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

भक्तपुर न्यूज

६ जेठ २०७९ १०:२१

काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारी दुई हजार ८५९ मतान्तरले विजयी भएका हुन्।

अधिकारीले ६ हजार १९ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कमल तिमल्सिनाले तीन हजार १६० मत प्राप्त गरेका छन्। उपाध्यक्षमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना चार हजार ४९८ मत प्राप्त गरी विजयी भएकी छन्।

निकटतम प्रतिद्वन्द्वी एमालेकी सरला लामिछाने केसीले तीन हजार ५७३ मत प्राप्त गरेकी छन्। उक्त गाउँपालिकामा कुल १० हजार ७३४ जनाले मतदान गरेका थिए। ६ वडा रहेको गाउँपालिकाका पाँच वटा वडामा कांग्रेस र वडा नम्बर ५ को अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार राजकुमार वाइबा निर्वाचित भएका छन्।

प्रकाशित मितिः २०७९ जेठ ०६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय