कांग्रेस ‘क्लिनस्वीप’ भएपछि दार्चुलाका सचिवले दिए पदबाट राजीनामा

भक्तपुर न्यूज

६ जेठ २०७९ ८:२४

कांग्रेस ‘क्लिनस्वीप’ भएपछि दार्चुलाका सचिवले दिए पदबाट राजीनामा

काठमाडौं । स्थानीय तह चुनावमा आफू र आफ्नो पार्टी नेपाली कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेको भन्दै दार्चुलाका जिल्ला सचिव पुलेन्द्र कार्कीले पदबाट राजीनामा दिएका छन्।

२०७४ सालको स्थानीय तह चुनावमा कांग्रेसका तर्फबाट दुँहु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका कार्की यसपाली गठबन्धनको साँझा उम्मेदवारका रुपमा पुनः चुनावी मैदानमा ओर्लिएका थिए। उनी नेकपा (एमाले) का नरेन्द्र बडालसँग पराजित भएका हुन्।

कार्कीले आफ्नो पालिका र समग्र जिल्लामा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको, सचिवका हैसियतमा खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको अनुभूति भएकाले राजीनामा दिएको बताएका छन्।

यसपटक दार्चुलामा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको थियो । आफ्नो भागमा परेका ५ पालिकाको नेतृत्व कांग्रेसले पाएन। माओवादीले भने ४ पालिका प्रमुखमा जित निकालेको छ। एमालेले अघिल्लो निर्वाचनमा कांग्रेसले जितेका ५ पालिकामा बाजी मारेको छ।

प्रकाशित मितिः २०७९ जेठ ०६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय