काठमाडौं चार नम्बर वडामा एमालेका दिनेश महर्जन प्यानलसहित विजयी

भक्तपुर न्यूज

५ जेठ २०७९ ७:४८

काठमाडौं चार नम्बर वडामा एमालेका दिनेश महर्जन प्यानलसहित विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर चारको वडा अध्यक्षमा दिनेश महर्जन विजयी भएका छन्।बिहीबार सम्पन्न मतगणनामा नेपाली कांग्रेसका रामप्रसाद सापकोटालाई हराउँदै महर्जन निर्वाचित भएका महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

महर्जनले ४ हजार ६०० मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका रामप्रसादले २ हजार २९२ मत प्राप्त गरे।नेकपा एमालेका महर्जन प्यानलसहित निर्वाचित भएका हुन्।

प्रकाशित मितिः २०७९ बैशाख ०५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय