काभ्रेको मण्डनदेउपुर ७ मा एमाले र ८ मा माओवादी विजयी

भक्तपुर न्यूज

४ जेठ २०७९ ८:२५

काभ्रेको मण्डनदेउपुर ७ मा एमाले र ८ मा माओवादी विजयी

काभ्रे । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं ७ को वडा अध्यक्षमा नेकपा एमालेका विष्णु प्रसाद पौडेल प्यानलसहित निर्वाचित भएका छन्। उनी ६७८ मत ल्याउँदै विजयी भएका हुन्।उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका आशाकाजी श्रेष्ठले ५३१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका बलराम सापकोटाले ५८७ मत प्राप्त गरे।

यस्तै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं ८ को वडा अध्यक्षमा पनि नेकपा माओवादी केन्द्रका निराजन विष्ट निर्वाचित भएका छन्। ५८२ मत ल्याउँदै निर्वाचित भएका विष्टले मण्डनदेउपुर नगरपालिकामा माओवादी केन्द्रबाट खाता खोलेका हुन्।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका सानु भाइ खड्काले ४३७ मत ल्याउँदा नेकपा एमालेका झलक प्रसाद पौडेलले ५४५ मत ल्याएका हुन्। यस्तै प्रमुखमा नेकपा एकिकृत समाजवादीका टोक बहादुर वाईवा र उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणी नेपालले पनि अग्रता कायम राखेका छन्।

प्रकाशित मितिः २०७९ जेठ ०४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय