सेयर बजारमा ८४.९० अंकको गिरावट, एक अर्ब ६४ करोडको कारोबार

भक्तपुर न्यूज

३ जेठ २०७९ १०:११

सेयर बजारमा ८४.९० अंकको गिरावट, एक अर्ब ६४ करोडको कारोबार

काठमाडौं । स्थानीय तह निर्वाचनपछि पहिलो पटक कारोबार भएको सेयर बजारमा मंगलबार ठूलो गिरावट आएको छ । यस दिन बजार ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा झरेको हो । निर्वाचन अगाडिको दुई दिन बढेको बजारमा मंगलबार भने उच्च गिरावट आएको छ ।

बजार घटेपछि कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहहरु राताम्य रहे । सबैभन्दा धेरै वित्त र जलविद्युत् समूहका लगानीकर्ताले गुमाए । मंगलबार कुल २२१ कम्पनीको ३३ हजार ६१० वटा कारोबार भएको थियो । जसबाट ३५ लाख ९५ हजार ५६८ कित्ता बराबरको सेयर किनबेच भएको छ । मंगलबार कारोबार रकम १ अर्ब ६४ करोड ४९ लाख ५० हजार २३९ रुपैयाँमा सीमित भयो ।

मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशतले बढेर १३९६ रुपैयाँमा पुग्यो । बोटलर्स नेपाल समेत मूल्य बढ्ने कम्पनीमा रह्यो । युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनलर इन्स्यारेन्स र सूर्योदय वामी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो । करीव एक दर्जन कम्पनीको कारोबार नेगेटिभ सर्किट लेवलमै झरेर रोकिएको छ ।

प्रकाशित मितिः २०७९ बैशाख ०३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय