तिलाेत्तमाकाे मतगणना राेकियाे, गणकले एमालेको मत बढाएकाे आराेप

भक्तपुर न्यूज

३ जेठ २०७९ ६:५५

तिलाेत्तमाकाे मतगणना राेकियाे, गणकले एमालेको मत बढाएकाे आराेप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ। कर्मचारीले बाहिर सार्वजनिक गर्ने बेलामा बास्तविक मत भन्दा एमालेको धेरै मत बताएको भन्दै काग्रेसले विरोध गरेपछि मतगणना रोकिएको हो।

मतगणनामा एमाले निकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्नं लागेको नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका–१६ का वडाध्यक्ष झविलाल भुसालले बताए।

वडा नम्बर १६ र २ को मतगणना भइरहेको बेला कर्मचारीले एमालेको वास्तविक मत भन्दा धेरै मत टिपाएको भेटिएको बताए ।कर्मचारी गणेश गौतमले एमालेको १४ मतलाई ४१ र ५९ लाई ९५ मत बनाएको काँग्रेसको आरोप छ। सर्वदलीय बैठक बसेर मतपरिणामकने विवाद सल्ट्याउने प्रयास भईरहेको निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले बताए।

दलहरुबीच सहमति भएपछि परिणाम सार्वजनिक गर्ने र त्यसपछि मतगणना सुरु हुने जानकारी दिए अहिले मतगणनास्थल बाहिर नेपाली कांग्रेसले नाराबाजी गरिरहेका छन्।

प्रकाशित मितिः २०७९ बैशाख ०३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय