इन्डोनेयिामा शक्तिशाली भूकम्पको धक्का

भक्तपुर न्यूज

३ जेठ २०७९ ६:५०

इन्डोनेयिामा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । इन्डोनेसियाको जाकार्तामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ। मंगलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुुस भएको बताइएको छ।

सो भूकम्प ६ म्याग्निच्युडको रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन्। त्यहाँको भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार सो भूकम्प शक्तिशाली रहेको र यसको क्षतिबारे विवरणहरु संकलन भइरहेको छ।

भूकम्पको प्रभावित रहेको क्षेत्रमा उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ। प्रारम्भिक रिपोर्टमा अहिलेसम्म कुनै क्षतिको विवरण थाहा भएको छैन। तर, अधिकारीहरुले भूकम्प शक्तिशाली भएकाले भौतिक तथा मानवीय क्षति भएको अनुमान गरिएको बताएका छन्।

प्रकाशित मितिः २०७९ बैशाख ०३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय