राष्ट्रपति भण्डारी भोलि श्रीलंका जाँदै

भक्तपुर न्यूज

२८ वैशाख २०७४ ११:३५

राष्ट्रपति भण्डारी भोलि श्रीलंका जाँदै

काठमाण्डौ, २८ वैशाख । राष्ट्रपति विद्या देवी भण्डारी श्रीलंकाली राष्ट्रपति मैथरिपला सिरिसेनाको निमन्त्रणामा ४ दिने भ्रमणका लागि भोलि श्रीलंका जाँदै छिन् । भ्रमणमा राष्ट्रपतिसँगै सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकी, राष्ट्रपतिका सल्लाहकार, राष्ट्रपति कार्यालयका अधिकारीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीका साथै पत्रकारहरुको पनि सहभागिता रहने छ ।
राष्ट्रपति भण्डारीले बैशाख ३१ गते श्रीलंकाको कान्डीमा हुने संयुक्त राष्ट्रसंघको वेसक सम्मेलनमा प्रमुख अतिथिको भूमिका निर्वाह गर्दै सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले श्रीलंका जाने क्रममा थाइल्यान्डका स्वर्गीय राजा भूमिबोल अदुलयजेदको अन्तिम संस्कारमा शोक व्यक्त गर्ने कार्यक्रम पनि रहेको छ । राष्ट्रपति भण्डारी जेठ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *