बलिउड अभिनेता इमरान खान र अवन्तिका मलिक सम्बन्धविच्छेद गर्दै

भक्तपुर न्यूज

२ जेठ २०७९ ९:३८

बलिउड अभिनेता इमरान खान र अवन्तिका मलिक सम्बन्धविच्छेद गर्दै

काठमाडौं । बलिउड अभिनेता इमरान खान र उनकी पत्नी अवन्तिका मलिकले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका छन्। उनीहरुले बिहे गरेको १३ वर्ष वर्षपछि सम्बन्धविच्छेद गर्न लागेका हुन्। भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार उनीहरु विगत दुई वर्षदेखि अलग बस्दै आएका छन्।

इमरान पछिल्लो समय बलिउडमा सक्रिय छैनन्। उनी सन् २०१५ मा फिल्म ‘कट्टी बट्टी’मा देखिएका थिए। इमरानले बलिउड फिल्ममा काम पाउन छाडेपछि आर्थिक समस्या झेलिरहेका थिए। आर्थिक समस्याका कारण इमरान र उनकी पत्नीबीच मनमुटाव सुरु हुन थालेको भारतीय सञ्चार माध्यममा उल्लेख छ।

उनीहरुले २०११ मा विवाह गरेका थिए। उनीहरुको एक छोरी इमारा खान छिन्। अवन्तिकाले २०१४ मा छोरीलाई जन्म दिएकी थिइन्। छोरीको जन्मपछि पनि उनीहरुबीच राम्रो सम्बन्ध कायम हुन सकेन। अनन्तः उनीहरुले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका छन्।

प्रकाशित मितिः २०७९ जेठ ०२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय