धनुषामा खसेको भन्दा १६ मतपत्र बढी भेटिएपछि झडप, २५ राउण्ड हवाई फायर

भक्तपुर न्यूज

२ जेठ २०७९ ८:१८

धनुषामा खसेको भन्दा १६ मतपत्र बढी भेटिएपछि झडप,  २५ राउण्ड हवाई फायर

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा बढी मात्रामा मतपत्र भेटिएपछि झडप भएको छ ।

मतपत्रको विषयमा झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । स्थानीयवासीका अनुसार खसेको मतभन्दा १६ मत बढी भेटिएको छ ।

अहिले मतगणनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

प्रकाशित मितिः २०७९ जेठ ०२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय