सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका दुई उम्मेदवारको मत बराबर

भक्तपुर न्यूज

२ जेठ २०७९ ६:१९

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका दुई उम्मेदवारको मत बराबर

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् ।

अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३÷६७३ मत ल्याएका छन् । मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । गोलाप्रथाबाट नतिजा टुंगो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए ।

प्रकाशित मितिः २०७९ जेठ ०२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय