दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी

भक्तपुर न्यूज

२ जेठ २०७९ ४:५७

दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी

दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुन्दर केसी ३४७७ मतका साथ विजयी भएका छन् ।

केसीले कांग्रेसका नगेन्द्रबहादुर मल्ललाई पराजित गरेका हुन् । मल्लले ३३३६ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकै कलावती न्यौपानी ३५७७ मत ल्याएर विजयी भएकी छन् । उनले पनि कांग्रेसकै उम्मेदवारलाई पारजित गरेकी हुन् । कांग्रेकी एलिजा थापा केसीले ३१५२ मत ल्याइन् ।

डुंगेश्वरको वडानम्बर ३, ४, ५ , ६ मा एमाले, २ मा कांग्रेस र १ मा माओवादीले जितेका छन् ।

प्रकाशित मितिः २०७९ जेठ ०२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय