पोखरा महानगरमा धनराजको अग्रता कायमै

भक्तपुर न्यूज

२ जेठ २०७९ ४:५१

पोखरा महानगरमा धनराजको अग्रता कायमै

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाएका छन् ।

जारी मत गणनामा आचार्यले ४०४१ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले ३६५७ मत पाएका छन् भने राप्रपाका शङ्कर खरालले ५०० र खडकराज पौडेल गनेसले २३२ मत पाएका छन् ।

उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले ४ हजार १९१ मत पाएकी छन् भने नेपाली काँग्रेसकी कोपिला रानाभाटले ४१११ मत पाएकी छन् । राप्रपाकी रञ्जना सेनले ७६६ मत पाएकी छन् ।

प्रकाशित मितिः २०७९ जेठ ०२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय