विवादका कारण स्थगित भएको भरतपुरको मतगणना पुनः सुरु

भक्तपुर न्यूज

१ जेठ २०७९ १०:३२

विवादका कारण स्थगित भएको भरतपुरको मतगणना पुनः सुरु

चितवन । चितवनको भरतपुर महानगरपालिकामा विवादका कारण आज केही बेर स्थगित भएको मतगणना पुनः सुरु भएको छ । वडा नम्बर–२ को एउटा मतपत्रमा अस्वाभाविक मसीको प्रयोग भएको पाइएपछि त्यो मत निर्वाचन आयोगले बदर भएको घोषणा गरेको थियो ।

त्यसमा नेकपा (एमाले)ले विरोध जनाएपछि मतगणना नै स्थगित गर्नुपरेको थियो । सर्वदलीय छलफलपछि एमाले त्यो मतलाई बदर नै मानेर पुनः गणनाका लागि तयार भएपछि गणना सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः २०७९ जेठ ०१ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय