दक्षिण कोरियाले उत्तर कोरियासँग कोभिड–१९ प्रकोप नियन्त्रण बारे वार्ता गर्ने

भक्तपुर न्यूज

१ जेठ २०७९ १०:१६

दक्षिण कोरियाले उत्तर कोरियासँग कोभिड–१९ प्रकोप नियन्त्रण बारे वार्ता गर्ने

काठमाडौं । छिमेकी देशलाई रोगको फैलावट रोक्न मद्दत गर्ने उद्देश्यले दक्षिण कोरियाले अर्को हप्ता उत्तर कोरियासँग कोभिड–१९ राहत उपायहरूबारे छलफल गर्न चाहेको स्पुतनिकले उल्लेख गरेको छ ।

बिहीबार, प्योंगयांगले देशमा कोभिड–१९ सङ्क्रमणको पहिलो लहर देखिएको जनाएको छ। थुप्रै नागरिकमा ओमिक्रोन बी ए सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले एक सरकारी अधिकारीलाई उद्धृत गर्दै आइतबार जनाएको छ ।

समाचार एजेन्सीका अनुसार दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक–योलले शुक्रबार उत्तर कोरियालाई कोभिड–१९ को खोप र चिकित्सा उपकरण उपलब्ध गराउने प्रस्ताव राखेका छन् ।

योनहापले उद्धृत गर्दै दक्षिण कोरियाका एक वरिष्ठ अधिकारीले भने, ‘सरकारले उत्तर कोरियालाई हप्ताको शुरुमा आधिकारिक रूपमा कार्य–स्तरीय बैठक आयोजना गर्ने प्रस्ताव गर्ने तयारी गरिरहेको छ।’

यसै बीच उत्तर कोरियाली नेता किम जोङ उनले देशको राष्ट्रिय सुरक्षामा ‘सुरक्षा शून्यता’ हुन नदिन सबै मोर्चा, वायु र समुद्री सीमामा कडा निगरानी गर्न आदेश दिएको पनि, योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ ।

यसै गरी उत्तर कोरियाली अधिकारीहरूले नेताको निर्देशनमा सर्वोच्च आदेशको आपतकालीन एन्टि–इपिडेमिक प्रणाली चुस्त राखेका छन् ।

बिहीबार उत्तर कोरियाली नेताले मे ८ मा प्योंगयांगमा ओमिक्रोन को पहिलो सङ्क्रमण फेला परेपछि त्यस बारे छलफल गर्न वरिष्ठ सरकारी अधिकारीहरूसँग बैठक गरेका थिए । नेता किमले कडारूपमा बन्दाबन्दी र महामारी रोकथाम प्रणालीलाई परिचालन गर्ने आदेश दिएका थिए ।

प्रकाशित मितिः २०७९ जेठ ०१ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय