रामेछापको गोकुलगंगा -२ ठोसेमा कांग्रेसको प्यानल नै विजयी
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको वडा नम्बर २ ठोसेमा नेपाली कांग्रेसका सुन्दरकुमार कार्की निर्वाचित भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गजेन्द्र श्रेष्ठलाई पराजित गर्दै कार्कीको प्यानलै विजयी भएका हुन्।
कार्कीले ८७० मत ल्याउँदा श्रेष्ठले ४८८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैगरी सदस्यमा कांग्रेसका अमृतबहादुर कार्की, शुरेन्द्र श्रेष्ठ, आङ डोमा शेर्पा, संगिता विक विजयी भएका हुन्।
प्रकाशित मितिः २०७९ जेठ ०१ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
