चीनमा भूकम्प जाँदा ८ को मृत्यु
एजेन्सी, २८ बैशाख । चीनको उत्तर पश्चिमी क्षेत्रमा आज बिहान भूकम्प आउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
चीनको स्वशासित क्षेत्र सिन्जियान उइगुरको ताक्सकोरगान काउन्टीमा आज बिहान स्थानीय समय अनुसार ५ बजेर ५८ मिनेट जाँदा ५.५ म्याग्नेच्युडको भूकम्प आएको थियो । भूकम्पपछि पनि लगातार परकम्प आइरहेको स्थानीयले बताएका छन् । अधिकारीहरुले घाइतेको उपचार र अन्यको खोजी तथा उद्धार चलिरहेको जनाएका छन् ।
ताक्सकोरगान स्वायत्त क्षेत्रको राजधानी उरुम्छीबाट १२ सय ५० किलोमिटर टाढा पाकिस्तान, अफगानिस्तान र ताजिकस्तानको सीमामा पर्छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
