मतपेटिका लिएर भागेका पालिकामा जेठ ३ गते मतदान हुने

भक्तपुर न्यूज

३१ वैशाख २०७९ १२:३१

मतपेटिका लिएर भागेका पालिकामा जेठ ३ गते मतदान हुने

जनकपुरधाम । मतपेटिका लिएर भागेको रौतहटको यमुनामाई नगरपालिकामा जेठ ३ गते मतदान हुने भएको छ । रौतहटमा रद्द भएको सबै मतदानस्थलको मतदान सोही मितिमा हुने रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताएका छन् ।

शुक्रबार विवादका कारण रौतहटको २४ मतदानकेन्द्रको मतदान रद्द भएको थियो ।रौतहटमा गढीमाई नगरपालिकाको वडा नम्बर ३ र ६ र बौद्धिमाई नरपालिका ३, फतुवा विजयपुर नगरपालिकामा २ मतदान केन्द्र, यमुनामाई नगरपालिकाको वडा नम्बर १ र २ का मतदानहरु रद्द गरिएको थियो ।

यसैगरी देवाही गोनाही नगरपालिकाको एक र गरुडा नगरपालिकाको एक मतदानकेन्द्रको मतदान रद्द गरिएकामा सबै एकसाथ एकै दिन गरिने सहमति भएको छ ।

प्रकाशित मितिः २०७९ बैशाख ३१ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय