भक्तपुरको सूर्यविनायकमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसको अग्रता

भक्तपुर न्यूज

३१ वैशाख २०७९ १२:२६

भक्तपुरको सूर्यविनायकमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसको अग्रता

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा १ नम्बरबाट मत गणना गरिएको सूर्यविनायकमा कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेलले ४६३ मत ल्याएर अगाडि बढेको हो ।

सुरुवाती अग्रता लिएको एमालेका मेयर उम्मेदवार वासुदेव थापाले ४२८ मत ल्याएका छन् । यहाँ राप्रपाकी मेयर उम्मेदवार राधिका रानाभाट १५० मत ल्याएर तेस्रो स्थानमा रहेकी छन् ।

यहाँ सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार रहेकी एकीकृत समाजवादीका श्याम बस्नेत भने एमालेकी सरिता भट्टराईभन्दा पछाडि छन् । सरिताले ४६३ मत ल्याउँदा श्यामले २२६ मतमात्रै पाएका छन् ।

राप्रपाका प्रवीण ढुंगेलले २१९ मत ल्याएका छन् । यहाँ वडा अध्यक्षमा एमाले उम्मेदवार अगाडि छन् । राप्रपा दोस्रो हुँदा कांग्रेस तेस्रो स्थानमा रहेको छ । सूर्यविनायकमा एमालेका मेयर उम्मेदवार थापा निवर्तमान मेयर हुन् ।

प्रकाशित मितिः २०७९ बैशाख ३१ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय