मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

भक्तपुर न्यूज

३१ वैशाख २०७९ ११:४५

मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

मुस्ताङ । मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । यो पालिकाको अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी भएका हुन । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टसी गुरुङले ५ सय १४ मतमात्र पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङ ६ सय ३२ मतका साथ विजयी भइन् । काँग्रेसकी छिरिङ ढोका गुरुङले ५ सय २९ मतमा चित्त बुझाउनुपरेको छ । योसहित अहिलेसम्म एमालेले मुस्ताङका तीनवटा पालिकामा जित हाँसिल गरेको छ ।

प्रकाशित मितिः २०७९ बैशाख ३१ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय