रुकुम पश्चिमको चौरजहारीमा माओवादी र कांग्रेस–एमाले गठबन्धनबीच टक्कर

भक्तपुर न्यूज

३१ वैशाख २०७९ ९:२०

रुकुम पश्चिमको चौरजहारीमा माओवादी र कांग्रेस–एमाले गठबन्धनबीच टक्कर

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । केहीबेर अगाडिसम्म माओवादी केन्द्रले अग्रता लिएकोमा अहिले फेरि कांग्रेस अगाडि देखिएको छ ।

वडा नम्बर १ को ४०२ मत गणना हुँदा कांग्रेस–एमाले गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका प्रेमबहादुर वलीले २१३ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका पुष्प वादीले १७२ मत पाएका छन् ।

उपप्रमुखका उम्मेदवार बनेका नेकपा एमालेका टंकप्रसाद वलीले १८२ मत पाउँदा माओवादी केन्द्रकी इश्वरी कुमारी शर्मा (विएम)ले १७९ मत पाएकी छन् । चौरजहारी नगरपालिकामा १४ वटा वडाहरु छन् । वडा नम्बर १ मा १ हजार ४४३ मत खसेको थियो ।

प्रकाशित मितिः २०७९ बैशाख ३१ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय