राति १२ बजेदेखि चुनावको प्रचार–प्रसार गर्न नपाउने
काठमाडौं, २७ वैशाख । वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहकोनिर्वाचनका लागि उम्मेदवारहरुले भोलि अर्थात बिहिबारसम्म मात्रै चुनावको प्रचार–प्रसार गर्न पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवका अनुसार भोलि बिहीबार राति १२ बजेसम्म मात्रै उम्मेद्धवारहरुले चुनावी प्रचारप्रसार गर्न पाउँछन् ।
त्यसपछि मौन अवधि सुरु हुन्छ, यदि मौन अवधिमा पनि प्रचार–प्रसार गरेको पाए आयोगले कारवाही गर्ने यादवले बताए ।
चुनावको ७२ घण्टा अघिबाट चुनावी प्रचारप्रचार रोक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
