ज्याकलिनले नेपालसहित ३ देशमा जान अदालतसँग मागिन् अनुमति

भक्तपुर न्यूज

२९ वैशाख २०७९ ८:५७

ज्याकलिनले नेपालसहित ३ देशमा जान अदालतसँग मागिन् अनुमति

काठमाडौं । जेठ १४ गते नेपालमा हुने ‘द ब्याङ रिलोडेड टुर’का लागि नेपाल आउन लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले भारत सरकारसँग अन्तराष्ट्रिय भ्रमणका लागि अनुमति मागेकी छन्। उनले दिल्लीको एक अदालतमा निवेदन दिँदै १५ दिनका लागि विदेश यात्रामा जान अनुमति मागेकी हुन्।

ज्याकलिनले केही समयअघि देखि २ सय करोड भारतीय रुपैयाँ मनी लन्ड्रिङ गरेको मुद्दा खेपिरहेकी छिन्। सुकेश चन्द्रशेखर नामक एक व्यक्तिसँग उनको नाम जोडिएसँगै भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले उनीविरुद्ध मुद्दा चलाइरहेको छ। यसबीच आफूविरुद्ध मुद्दा चलिरहेका कारण ज्याकलिन देशबाहिर जान नमिल्ने भएको छ।

ज्याक्लिनले भने आफूलाई नेपाल, अबुधाबी र फ्रान्समा हुने कार्यक्रममा जानका लागि १५ दिन विदेश यात्राको अनुमति दिन अनुमति मागेकी हुन्। ज्याक्लिन नेपालमा ‘द ब्याङ रिलोडेड टुर’, अबुधावीमा ‘आइफा फिल्म अवार्ड’ र फ्रान्समा भ्रमणका लागि जाने कार्यक्रम निर्धारित छन्। पूर्व निर्धारित यी कार्यक्रमका लागि आफू विदेश यात्रामा जानुपर्ने कारण ज्याक्लिनले अघि सारेकी छिन्।

केही समययता मनी लन्ड्रिङको मुद्दा खेपिरहेकी ज्याक्लिनलाई पछिल्लो पटक दुबई जान लाग्दा मुम्बई विमानस्थलमा रोकिएको थियो। प्रवर्तन निर्देशनालयले गत साता मात्रै उनको ७ करोड भारतीय रुपैयाँको सम्पत्ति पनि जफत गरेको छ। यता उनीविरुद्ध लागेको मुद्दामा मे २० मा अदालतले निर्णय सुनाउने बताइएको छ।

प्रकाशित मितिः २०७९ बैशाख २९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय