काठमाडौं । प्रियंका चोपडा र निक जोनसले केही समय अगाडि सरोगेसी मार्फत आफूहरु मातापिता भएको बताएका थिए। छोरीको आमाबुवा बनेका यी जोडीले ‘मदर्स डे’ का अवशरमा छोरी (मालती) लाई अस्पतालबाट घर ल्याएका छन्। प्रियंकाले लामो स्टेटस राख्दै सामाजिक सञ्जालमा मालती ‘प्रिमेच्यूर’ जन्मिएको र एनआइसियूमा १०० दिन बसेको उल्लेख गरेकी छन्।
मालतीको जन्म जनावरीमा भएको प्रियंका र निकले बताएका थिए। छोरीको नाम मालती मारिया चोपडा जोनस राखिएको छ । यो नाम प्रियंका र निकको आमाहरुको नामसँग जोडिन जान्छ।
छोरीलाई अंगालोमा बाँधेको तस्बिर सार्वजनिक गर्दै प्रियंकाले भावनात्मक सन्देश लेखेकी छन्, ‘सबै परिवारलाई कुनै न कुनै किसिमको यात्रा गर्नुपर्ने हुन्छ। बच्चाको जुनसुकै हलचल कति महत्वपूर्ण हुने रहेछ। हामी हाम्रो छोरीलाई घर ल्याउन पाउँदा असाध्यै हर्षित छौँ। र मालतीको ख्लाल गर्ने चिकित्सक र स्वास्थ्यकर्मीप्रति आभार । अब हाम्रो जीवनको अर्को अध्याय शुरु भएको छ।’
प्रियंकाले राखेको सोही तस्बिर निकले आफ्नो वालमा शेयर गरेका छन् । उनले आफ्नी श्रीमतिलाई उत्कृष्ट आमा भनी सम्बोधन गरेका छन्।
प्रकाशित मितिः २०७९ बैशाख २६ सोमबार
Comments