सप्तरीमा ट्रयाक्टर पल्टिँदा एक युवकको मृत्यु

भक्तपुर न्यूज

२५ वैशाख २०७९ ११:०३

सप्तरीमा ट्रयाक्टर पल्टिँदा एक युवकको मृत्यु

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–७ को मुसहरी टोलमा भित्री खेतमा जाने क्रममा ट्र्याक्टर पल्टिँदा एकको मृत्यु भएको छ ।

शनिबार दिउँसो काम सकेर बेलुकी फर्किने क्रममा खेतको बाटोमा प्र।२–०१–००१ त। २००१ नम्बरको ट्र्याक्टर आफै अनियन्त्रित भई पोखरीमा पल्टिदा ट्र्याक्टर चालक १९ वर्षीय स्थानीय शिव पौदारको मृत्यु भएको हो ।

उनको शवलाई कानूनी प्रतिक्रिया पूरा गरी दुर्घटना भएको ट्र्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव काफ्लेले बताए ।

प्रकाशित मितिः २०७९ बैशाख २५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय