एजेन्सी, २६ बैशाख । इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा चेल्सीसँग हारेपछि मिडिल्सब्रो रेलिगेसनमा पर्ने पक्का भएको छ । गएराति भएको खेलमा मिडिल्सब्रो चेल्सीसँग ३–० गोलले हारेको हो ।
चेल्सीलाई जित दिलाउन डियगो कोस्टाले २३ औँ मिनेटमा, एलोन्सोले ३४ औँ मिनेटमा र माटिकले ६५ औँ मिनेटमा गोल गरे ।
जीतसँगै पहिलो स्थानमा रहेको चेल्सीले दोस्रो स्थानको टोटनहामसँगको अंक दुरी ७ अंकको बनाएको छ ।
लिगको तीन खेल बाँकी छँदा चेल्सीको ३५ खेलबाट ८४ अंक छ । दोस्रो स्थानको टोटनहामको ७७ अंक छ ।
चेल्सीसँग हारेपछि मिडिल्सब्रो रेलिगेसनमा पर्ने पक्का
0
Share.
Comments