काठमाडौं । टी–२० सिरिज अन्तर्गत जारी अन्तिम खेलमा जिम्बावे ‘ए’ले नेपाललाई १३७ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको हो।
जिम्बावेका लागि रोय काइयाले सर्वाधिक ४९ रन बनाए। उनले ४१ बलमा ७ चौका प्रहार गरे। यता तादिवानाशे मारुमनीले ३० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए। ल्यूक जोङ्गवेले अविजित २३ रन बनाउँदा इनोसेन्ट काइयाले १४ रन बनाए।
जिम्बावेका अन्य ब्याटरले भने सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन्। नेपालका लागि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले १/१ विकेट लिए।
प्रकाशित मितिः २०७९ बैशाख २१ बुधबार
Comments